कोरोना संक्रमित भएको रिपोर्ट आए लगत्तै फरार भएका एक व्यक्तिलाई बाके प्रहरीले ६ घन्टा पछि नियन्त्रणमा लिएको छ ।
बाकेको नरैनापुर गाउ“पालीका वार्ड न ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका एक व्यक्ति कोरोना संक्रमित भएको पुष्टि भए लगत्तै राति फरार भएका थिए । सो क्वारेन्टाइनमा रहेका सवै १२ जना संक्रमित भएको रिपोर्ट आएको थियो ।
संक्रमित भएकाहरुलाई खजुरामा रहेको कोरोना उपचार कक्षमा लैजाने तयारी गर्दै गर्दा राति करिब १० वजेतिर भागेका युवकलाई नेपाल भारत सीमा नजिकैको रुखमुनि लुकिरहको अवस्थामा विहान ३ वजेतिर पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी नायव उपरिक्षक शिवबहादुर शिहले जानकारी दिनु भयो । नरैनापुर गाउपालिकाका उपाध्यक्ष जयन्तिदेवि श्रीवास्तवले गाउपालिका उच्च जोखिममा रहेको बताउनु भयो । उहाले संक्रमित देखिएका सवैलाई खजुरा लैजाने तयारीका लागी एम्वुलेन्समा लैजाने तयारी गर्दा एक जना भागेको विहान पख स्थानिय वासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिई हाल खजुरा पठाईएको बताउनु भयो ।
भारत संग खुल्ला सीमाना जोेडिएको बाकेको नरैनापुर गाउपालिकामा मात्रै ८७ जना कोरोना भाईरस कोभिड १९ का संक्रमित भेटिएका छन । सो गाउपालिका लाई पुर्ण रुपमा सील गरिएको छ ।