७ माघ २०८०, आईतवार

ताजा खबर

कोरोना भाइरसको संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

   २१ जेष्ठ २०७७, बुधबार १८:१९ प्रकाशित

कोरोना भाइरसको संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । जेठ १३ गते ह्यामरेज भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए । साेही क्रममा उनको अपरेसन गरिएको थियो । १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरि कोरोना टेस्ट गरिएको थियो भने रिपोर्ट पोजेटिभ आएको हो । उनको उपचारको क्रममा अाज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

58 Views
%d bloggers like this: