बर्दियामा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका चालकलाई कोरोना पुष्टि भएपछि नेपाल प्रेस युनियन बर्दियाले पत्रकारहरुको पनि पिसिआर बिधीबाट कोरोना चेकजाँच हुनु पर्ने माग राखेको छ। जिल्लामा एकैदिन प्रजिअका चालक सहित २८ जनामा कोरोना संक्रमण भेटिएपछि अग्रपंक्तिमा बसेर काम गर्ने श्रमजीवी पत्रकारहरुको कोरोना चेकजाँच हुनु पर्ने भन्दै नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनय राजभण्डारीले प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई फोन मार्फत माग राखेका हुन् । पत्रकारको पिसिआर टेस्ट गर्ने आफू सकारात्मक भएको र स्वास्थ्यकर्मीसङ्ग समन्वय गरि अगाडि बड्ने प्रजिअ अधिकारीले बताएका छन् । हालसम्म बर्दियामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।
98 Views