११ माघ २०८०, बिहीबार

ताजा खबर

सरकारले प्रेस माथी अन्कुस लगाउनु दुर्भाग्यपूर्ण: बिमलेन्द्र निधि

   २७ जेष्ठ २०७७, मंगलवार १२:३३ प्रकाशित

नेपाली काँग्रेसका उप सभापति बिमलेन्द्र निधिले कोरना भाइरसको महामारीका बेला सरकारले रवैयाको संकट ल्याएको आरोप लगाएका छन् ।
प्रेस युनियन केन्द्रीय समितिले मंगलबार आयोजना गरेको कोरनामा संचारको भुमिका र चुनौतीका विषयक छलफलमा उप सभापति निधीले महामारीका बेला सरकारले जनताको स्वाथ्यको ख्याल गर्नुको साटो रवैयाका रुपमा सरकार चलाउदै थप संकट ल्याएको बताएका छन् ।
महामारीका बेलामा संचार माध्यममा अंकुश लगाउने नियन्त्रण गर्ने जस्ता कार्य रोक्न सरकारलाई आग्रह गरेका छन् । संकटका बेलामा अग्र पंक्तिमा रहेर समाचार सम्प्रेषण गर्ने संचारकमीहरुलाई राहत प्याक्जका कार्यक्रम ल्याउनुको साटो उनीहरुलाई नियन्त्रणमा लिदै अंकुश लगाउने कार्यको गलत भएको उप सभापति निधीको भनाई रहेको छ ।
जुम भिडियोमा युनियनमा आवद्ध केन्द्र देखि जिल्ला अध्यक्षहरुले राखेका जिज्ञासामा उप सभापति निधीले काँग्रेस प्रेस स्वतन्त्रताको पक्षमा छ । पत्रकारका हक हित र अधिकारका लाथि नेपाली काँग्रेस साथ सहयोगमा रहने प्रतिवद्धता जनाएका छन् ।
अहिलेको अवस्थामा काँग्रेसले जनताका पिडालाई सम्बोधन हुने गरी सरकारलाई काम गर्न सडक संसदमा सचेत गराउदै आएको उप सभापति निधीले दाबी गरे । देश संकटका बेलामा खोक्रा राष्ट्रियताका कुरा भन्दा जनतालाई राहत प्याकेज देखि स्वास्थ्य क्षेत्रमा लाग्न सरकारलाई अपिल गरेका छन् ।
निधिले कालापानी र लिपुलेकको नक्सा जारी गर्नु भन्दा भुमि नै फिर्ता ल्याउन काँग्रेस सहयोग गर्न तयार रहेको बताए । नेपालको नक्सामा लिपुलेक र कालापानीको राखिएको नक्सा जारी गरेपछि संविधान संशोधन गर्ने बारेमा काँग्रेस पहिले देखि नै यसका पक्षमा रहेको निधीको दाबी छ ।
हरके जिल्लामा रहेका युनियनका शाखाहरुमा काँग्रेस जिल्ला सभापति देखि नेताहरुलाई समन्वय र सहकार्य गराउन आफु लाग्ने प्रतिवद्धता जनाएका छन् । पत्रकारका समस्या र उनीहरुको हकहितका लागि पाटीले पहल कदमी गर्न निर्देशन दिने उप सभापति निधीले भने ।
जुम भिडियो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सुचना तथा संचारमन्त्री एवं प्रतिनिधी सभा सदस्य डाक्टर मिलेन्द्र रिजाल समेत सहभागी थिए । साभार:किनारा न्युज

53 Views
%d bloggers like this: