१० माघ २०८०, बुधबार

ताजा खबर

कोरोना पोजेटिभ महराकी पत्नी सीताको नर्भिक अस्पतालमा निधन

   १९ कार्तिक २०७७, बुधबार ०९:५० प्रकाशित

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत पुर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए।

निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारका बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो।

उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन्। महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्। महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दु:ख दिइएको पारिवारिक स्रोत बताउँछ। २०५४ साउन २९ गते राति रोल्पा मेवाङस्थित घरमै गिरफ्तार गर्न खोज्दा उनले सुरक्षाकर्मीको घेरा तोडेकी थिइन्। त्यस दिनदेखि नै उनको परिवार नै पूर्णकालीन कार्यकर्ताका रूपमा तत्कालीन माओवादीमा लागेका थिए। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो।

कात्तिक १४ गते उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

106 Views
%d bloggers like this: