७ माघ २०८०, आईतवार

ताजा खबर

मान्छे

   १ आश्विन २०७६, बुधबार १९:४८ प्रकाशित

इमान्दारीत्वलाई कहिल्यै चोट नपुर्याउ है ।
पुरा गर्न नसकिने भँुटाझँुटा बचनहरु नबाँडौ है ।।
मानबताको धर्मलाई मानबले कहिल्यै नभुलौ है ।
अरुलाई रुवाउँदा आफुपनि रुनु पर्छ, त्यो पनि नभुलौ है ।।

साँचो कुरा व्यक्त गरि पन्छिहाल बरु ।
गुमराहमा राखी राखी पिडा नदेउ अरु ।।
झुटो बोली, झुटो बचन, झुटै बाचाहरु ।
खाँदै हिडछन, बाँड्दै हिँड्छन् मनकै बाठाहरु ।।

यहाँ इमान्दारिताको खिल्ली उडाईन्छ हेर ।
यहाँ बदमासीहरुको हाईहाई पो भैदिन्छ हेर ।।
हेरेर कस्लाई विश्वास गर्ने यहाँ ।
विश्वासलाई त लिलामीमा पो बिकाईन्छ यहाँ ।।

समयको आबश्यकता अनुसार बोल्ने रैछ मान्छे यहाँ ।
जताजता आगो बल्छ उतैउतै ताप्दै हिडने रैछ मान्छे यहाँ ।।
अबसरका पछिपछि दौडिरहन्छ मान्छे यहाँ ।
आफुलाई राम्रो हुने जेपनि गर्ने रैछ मान्छे यहाँ ।।

देबिका के.सी.
महिला मानब अधिकारकर्मी

92 Views
%d bloggers like this: