७ माघ २०८०, आईतवार

ताजा खबर

युवा व्यवसायी द्वारा मेडिकल सामाग्रि वितरण

   २६ बैशाख २०७७, शुक्रबार १२:३२ प्रकाशित

उत्सव टोबाको इन्डस्ट्रिजका मालिक उत्सब श्रेष्ठले कोरोनोको महामारीलाई मध्यनजर गर्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मी,संचारकर्मी तथा ट्राफिक प्रहरीका लागि मास्क, ग्लोबस् र सेनिटाइजर बितरण गरेका छन् ।

जिल्लामा अहोरात्र खटिएर काम गर्ने संचारकर्मी, स्वास्थ्यकर्मी लगायत सम्पुर्णलाई एउटा सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आउने दिनमा फेरि पनि सहयोग गर्ने श्रेष्ठले बताए। भने बिपत्तिको बेलामा दिनरात खटिएर काम गर्ने संचारकर्मीको विषयमा कसैले नसोचेको बेला यसरी संचारकर्मीलाई सुरक्षा सामाग्री बितरण गरेकोमा खुसी व्यक्त गर्दै एउटा उदाहरणीय कार्य गरेकोमा सम्पुर्ण पत्रकारहरुको तर्फबाट धन्यवाद दिदै आउने दिनमा अझै काम गर्ने हौसला मिलेको नेपाल पत्रकार महासघ बर्दियाका उपाध्यक्ष यादव आचार्यले बताए । श्रेष्ठले अहिलेकाे भयावह महामारीकाे अवस्थामा अाफ्नाे ज्यानकाे माया मारेर फ्रन्टलाइनमा अाफ्नाे कर्तव्य पालन गरिरहेका संचारकर्मी र ट्राफिक प्रहरीलाइ सानाे भए पनि सहयाेग गर्न पाएकाेमा व्यक्त अाफुलाई खुसि लागेकाे भनि वताएका छन । नेपाल पनि कोरोनाको महामारीसङ्ग लडिरहेका अवस्थामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बडेर १ सय १ भइसकेको छ भने छिमेकी जिल्ला बाकेमा कोरोना संक्रमितको संख्या बड्दै गएपछि बर्दियामा पनि लकडाउनमा कडाइ गरिएको छ।

133 Views
%d bloggers like this: