७ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियामा २ हजार ३ सय ४५ जनाको कोरोना परीक्षण

   २७ बैशाख २०७७, शनिबार १०:५२ प्रकाशित

बर्दियामा २ हजार ३ सय ४५ जनाको आरडिटी र पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जिल्लाका ८ स्थानीय तहमा रहेका क्वारेन्टाइन र आइसोलेसनमा रहेका उनीहरुको कोरोना परीक्षण गरीएको हाे। नमुना संकलन गरेर उनीहरुको आरडीटी र पीसीआर विधिबाट कोरोना परीक्षण गर्न २ हजार ३ सय ४५ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । २ हजार १ सय ५३ जनाको आरडीटी विधिबाट र १ सय ९२ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको उनले बताए । उनका अनुसार पीसीआर विधिबाट नमुना परिक्षणका लागि १ सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाईएकोमा १ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको र १२ जनाको आउन बाँकी रहेको छ । बिहिबार मात्रै ३ सय ३१ जनाको आरडीटी विधिबाट परिक्षण गरिएको थियो । जसमा गुलरिया नगरपालिकाका १ सय ११ जना, मधुवन नगरपालिकाका ६७ जना, बारबर्दिया नगरपालिकाका ६१ जना, ठाकुरबाबा नगरपालिकाका १२ जना र राजापुर नगरपालिकाका ४२ जना र गेरुवा गाउँपालिकाका ३८ जनाको कोरोना परिक्षण गरिएको हो ।

128 Views
%d bloggers like this: