७ माघ २०८०, आईतवार

ताजा खबर

बाँकेको क्वरेन्टिनमा मृत्यु भएका युवकमा देखियो कोरोना पाेजेटिभ

   ४ जेष्ठ २०७७, आईतवार १६:४४ प्रकाशित

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालगंज भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको प्रदेश ५ का  सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुष्टि गरेका हुन।

मन्त्री बरालका अनुसार भेरी अस्पतालकाे मृत्यु भएकाे युवककाे रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भेनेका छन् ।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधार मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिइएकाे जानकारी प्राप्त भएकाे छ। उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख गरिएकाे छ।

यो सँगै नेपालमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ। यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियोे ।

80 Views
%d bloggers like this: