७ माघ २०८०, आईतवार

ताजा खबर

फितलो लकडाउन …….

   ५ जेष्ठ २०७७, सोमबार १३:४२ प्रकाशित

मन्त्री परिषदको निर्णय अनुसार जेष्ठ २० गतेसम्मको लागि १५ दिन लकडाउन को अवधी लम्ब्याइएको छ। भने लकडाउनलाई कडारुपमा लैजाने निर्देशन पनि दिइएको छ। तर जिल्ला को हकमा भने ठिक उल्टो छ यहाँ अत्यावश्यक उपभोग्य बस्तुका पसलहरु आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजे देखि दिउँसो २” बजेसम्म खोल्ने जिल्ला प्रशासनले निर्णय गरेको भएतापनि सामाजिक दुरी र सजगता अपनाइएको भने देखिदैन ।

तस्विरमा समान किन्ने काे भिड

अति मात्र कहाँ हो र?? भित्र भित्र अन्य पसलहरु पनि संचालन गर्दा समेत प्रहरी प्रशासन अनभिज्ञ छ।

     

बरामद गाडी तथा बिल

रातारात सुर्तीजन्य पदार्थ लगायत भारतबाट ल्याइएका तरकारी, कोयला भित्रदा समेत प्रशासन मौन बस्नु जिल्लामा कोरोना भित्र्याउन मद्दत गर्नु र आमजनताको स्वास्थ्यमा खेलवाड गर्नु जस्तै भएको जानकारहरु बताउदछन।

सुर्ति ल्याउदै गरेकाे अवस्थामा स्थानिय ले बरामद गरेकाे

जिल्लामा भएका विभिन्न घटनाले यसको पुष्ठि समेत गरेको एक स्थानीयले बताएका छन् । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमित बड्दै गएको र पछिल्लो केहि दिनमा धुलिखेलमा एक सुत्केरी महिलाको कोरोनाबाट मृत्यु हुनु र अर्को दिन नै बाकेको नरैनापुरमा २५ बर्षे युबकको मृत्यु हुनुले नेपालमा पनि कोरोनाको कहरले छोएको अनुभुति दिलाएको छ। तर जिल्लामा सजगता अपनाउनु पर्ने बेला प्रहरी प्रशासनबाट लापरबाही भएको जिल्लाबासीको गुनासो छ। यो समाचार तयार पार्दा पार्दै छिमेकी जिल्ला बाकेमा धेरै संख्यामा कोरोना पोजेटिभ संक्रमित देखिएको भन्ने सूचनाले बर्दियावासी झनै त्रसित बनेका छन् ।

123 Views
%d bloggers like this: