नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।
वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ।
७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए। मृत्यु भएको एक सातापछि मात्र कोरोना पोजेटिभ भएको रिपोर्ट सार्बजनिक गरिएको छ।
75 Views