रौतहटमा २२ जना कोरोना संक्रमित थपिएका छन्। २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।
संक्रमित सबै जना सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए। उनीहरू सबै भारतबाट आएका हुन्।
संक्रमितहरूलाई कुन अस्पताल लैजानेबारे छलफल चलिरहेको घिमिरले बताए।
योसँगै नेपालमा संक्रमितको संख्या ७ सय २८ पुगेको छ। आजै बिहान मात्र सुर्खेतका १२ जना र बारामा पनि ५ जनामा संक्रमण पुष्टि भएको हो।
172 Views