७ माघ २०८०, आईतवार

ताजा खबर

कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ

   १७ जेष्ठ २०७७, शनिबार २०:४९ प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार एक–एकजना दैलेख र बाजुराका छन् ।

कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ । यसैसङ्गै नेपालमा संक्रमितको संख्या १४ सय २० पुगेको छ। भने मृत्यु हुनेको संख्या ७ छ।

80 Views
%d bloggers like this: