बॉके लकडाउनको समयमा बाटो खाली हुदा चलाइएको गाडिले १२ जना मानिसको अकालमै ज्यान लिदा यतिखेर स्थानिय प्रशासन माथि प्रश्न चिन्ह खडा भएको छ ।
भारतका विभिन्न सहर बाट पैदल आएका ति नेपालीहरु नेपालगञ्जको जमुनाहा प्रबेश गरेसगै अव आफनै ठाउमा आइयो भन्दै खुसी हुदै भोकप्यास नभनि स्थानिय प्रशासनले मिलाइदिएको फोर्स गाडिमा चढेर आफनो गन्तव्यका लागी हिडे । नेपाल भारत सीमा अन्तर्गत रुपैडिहा बाट बेलुका नै ल्याइएका ति नेपालीलाई राति करिब ८ वजेर ३० मिनेटमा सीमा क्षेत्र जमुनाहा बाट गाडिमा वसेका थिए ।
३२ सीट क्षमता भएको सो फोर्स गाडिमा जमुनाहा नाकावाट कति मानिसलाई राखिएको हो भन्ने विषयमा स्थानिय प्रशासन समेत अन्यविग्य छ । तर बाटोमा थप मानिस वसेको स्थानिय प्रशासनको भनाई रहेको छ ।
कोहलपुरबाट थप यात्रु चढेको प्रहरीले बताएको छ । ना ५ ख ५९९५ नम्वरको फोर्स गाडिमा ३३ जना यात्रृ र २ जना चालक दलका सदस्य रहेका थिए । नेपालगञ्ज देखि सुस्त गतिमा हिडेको फोर्स गाडि कोहलपुर पार भएलगत्तै तिव्रगतिमा रेहेको थियो । राती करिब १२ वजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत बॉकेको राप्तीसोनारी गाउपालिकाको अगैया नजिकै रोकिराखेको बा ४ ख ९०६४ नम्वरको ट्रकको पछाडिको भाग संग ठोक्किदा फोर्स गाडिमा सवार मध्ये ११ जनाको घटनास्थलमै र एकजनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी घाईते भएका अन्य २१ जना मध्ये तिन जनाको अवस्था अझै पनि गम्भिर रहेको छ । फोर्स गाडिमा १६ जना देखि ३२ जना सम्म सिट क्षमताको रहने गरेको अष्टलक्ष्मि यातायात प्रालिका अध्यक्ष हिमनगाल क्षेत्रीले बताउनु भयो ।
लकडाउन लम्विदै गर्दा भारतबाट नेपालीहरु आउने क्रम जारी रहेको छ । नेपाल भारत सीमानामा आएका नेपालीलाई सीमा क्षेत्रबाटै सम्बन्धित जिल्लामा पठाउदै आएको जिल्ला प्रशासन कार्यालय बॉकेले दैनिक जसो २ हजार देखि २ हजार ५ सए सम्म रुपैडिहा नाकाबाट नेपालगञ्ज आउने गरेको जिल्ला प्रशासन कार्यालय बॉकेमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भयो । गएको जेष्ठ ७ गते देखि दैनिक रुपमा सो सख्यामा मानिसहरु स्वेदश फर्कने गरेका छन । उहाका अनुसार यसरी दैनिक रुपमा आउनेलाई सम्वन्धित जिल्लामा पठाइने व्यवस्था गरिदै आइएको छ । भारतको रुपैडिहा नाका भएर नेपाल प्रबेश गर्नेहरु प्रदेश नम्वर ५ का साथैै अधिकास कर्णाली प्रदेशका रहेका छन ।
जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी उपरिक्षक विरबहादुर ओलीले गाडि तिव्रगतिमा भएका कारण दुर्घटना भएको बताउनु भयो । गाडि यति तिव्र गतिमा थियो कि रोकिराखिएको मालबहाक ट्रक ३० देखि ४० मिटर टाढा पुगेको थियो । मृत्यु हुनेहरुमा निमबहादुर ओली , हिमान्सु थापा , बुद्धिराम विक, भिमबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, राजकुमार पुन, पुर्णबहादुर पुन, सीता पुन , दानबहादुर खडका , पवन भण्डारी र रितेष कार्कि रहेका छन । मृतक दाङ्घ, सुर्खेत , रोल्पा र सल्यानका हुन ।
यसैविच मृतक र घाईते सवैको कोरोना भएन भएको जाचका लागी स्वाव परिक्षण समेत गरिएको थियो जसमा सवैको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर प्रकाश थापाले बताउनु भयो ।
भारतबाट नेपाल पर्किनेहरुको चाप वढिरहेपछि स्थानिय प्रशासनले पनि उक्त चाप धान्न नसक्नु र यसरी मानिस कोचेर पठाउदा विभिन्न स्थानमा चेकिङ्घको व्यवस्था गरिदिएको भए सायद यो स्थित नआउन सक्ने स्थानिय वासीको भनाई रहेको छ ।