बर्दिया जिल्लाको , बासगढी नगरपालिकाको वडा न ४. मदाहा स्थित श्री सिमरहवा डाँडा बर्दिया राष्ट्रनिकुञ्जको बफर क्षेत्र अर्न्तगत पर्दछ । उक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि बहादुर सुनार पक्राउ परेका छन् ।
आइतबार राति करिब ११ बजेदेखि ८ जनाको समूहले उक्त वनका सालका रुखहरु काट्दै गर्दा स्थानीयको सहयोगमा राष्ट्रिय निकुञ्जले पक्राउ गर्न खोज्दा ८ जनाको समूह फरार भए पछि पुर्जी काट्ने अध्यक्ष हरि बहादुर सुनार पक्राउ परेका हुन ।
वन समूहको काठ काट्ने पर्ची दिएर कटान गराइएको आरोपको आधारमा उक्त वन समूहको अध्यक्ष सुनारलाई पक्राऊ गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अणनाथ बरालले जानकारी दिनुभएको छ । आरोपित अध्यक्षलाई ठाकुरद्वारा निकुञ्जमा राखिएको जानकारी प्राप्त भएको छ। भने अध्यक्ष सुनारले पैसा खाएर रुख कटानका अनुमति दिएको स्थानियको गुनासो छ ।