बाँकेमा अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खाेल्न दिईने जिल्ला प्रशासन कार्यालय बाँकेले निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेकाे सर्वदलीय बैठकले दिन ताेकेर विभिन्न पसल, व्यवसाय खाेल्न दिने निर्णय गरेकाे हाे ।
निर्णय भए अनुसार बुधबार नै एक सूचना जारी गरि बिबिध प्रकारको व्यवसायलाई दिन ताेकेकाे जनाएकाे छ ।
अाैषधी पसल, बैंक,दैनिक उपभाेग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउबीजन भने दैनिक रुपमा खोलिने जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ। बार अनुसार र दैनिक रूपमा व्यवसाय खाेल्न दिने समय भने यसअघिकै समय बिहान ११ देखि दिउँसाे ३ बजेसम्म मात्र रहेकाे छ ।
ब्यवसाय संचालन गर्दा सामाजिक दुरी कायम गरि मास्क र स्यानिटाईजरको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने बिज्ञप्तिमा जनाइएको छ।
92 Views