नेपालमा बिहीबार एकैदिन ३३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मोरङमा १ जना, पर्सामा १ जना, झापामा ३ जना, ताप्लेजुङमा १ जना, सुनसरीमा १ जना, सप्तरीमा १३ जना, बारामा ७ जना, सिन्धुलीमा १ जना, रौतहटमा १ जना, म्याग्दीमा १ जना,बाग्लुङमा जना १० जना, पर्वतमा ४ जना,स्याङ्जामा १ जना, बाँकेमा ४२ जना, कपिलवस्तुमा १७ जना, दाङ्गमा १५ जना, मुगुमा १ जना,दैलेखमा १०५ जना, झापामा ३ जना,खोटाङमा ३ जना, दैलेखमा ८ जना,बारामा ५ जना, धनुषामा ६ जना,कपिलवस्तुमा १२ जना, महोत्तरीमा ३ जना, रौतहटमा ६४ जना, सर्लाहीमा ३ जना गरी ३ सय ३४ जना कोरोना संक्रमित थपिएका जानकारी दिएका हुन।
योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको छ। जसमध्ये २९० जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको मृत्यु भएको छ।