१५ माघ २०८०, सोमबार

ताजा खबर

कोरोनाबाट थप एकको मृत्यु ।

   २३ जेष्ठ २०७७, शुक्रबार ०९:३८ प्रकाशित

नेपालमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको कर्णाली प्रदेश अस्पतालले जानकारी दिएको छ।

पञ्चपुरी नगरपालिका बस्ने ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएको जनाइएको छ । उनको घर फर्किएकै राति मृत्यु भएको हो।
कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काका अनुसार उनको स्वाब संकलन गरी पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । यसैसङ्गै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ जना पुगेको छ।

142 Views
%d bloggers like this: