जिल्ला प्रशासन कार्यालय बाँकेले निशेषाज्ञा पुन: गर्ने भएको छ । यसअघि बार अनुसार पसल ब्यवसाय खोल्न दिने निर्णय गरेको प्रशासनले उक्त निर्णय खारेज गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले जेठ २१ गतेको निर्णय खारेज गरेको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय बान्केले अब अत्यावश्यक र दैनिक उपभोग्य वस्तुका पसल मात्र खोल्न पाउने जनाएको छ । बिहान ११ देखी दिनको ३ बजेसम्म अत्यावश्यक र दैनिक उपभोग्य बस्तुसँग सम्बन्धित पसल मात्र संचालन गर्न प्रशासनले निर्देशन दिएको हो ।
91 Views