बर्दियामा एकैदिन २८ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा बर्दियामा २८ जनामा कोरोना पुष्टि भएको सूचना अस्पतालले फेसबुक पेजमा राखेको हो ।
बर्दियामा सबैैभन्दा बढी संक्रमित गलरिया नगरपालिकामा पुष्टि भएका छन् । संक्रमितमध्ये गुलरिया नगरपालिकाको वडा नं. ३ का ९ जना, वडा नं. ६ का १ जना र १० का १ जना छन् । त्यसै गरि
राजापुर नगरपालिकामा 5 जना र बाँसगढी नगरपालिकामा ५ जनामा कोरोना पुष्टि भएका छन् । राजापुरको वडा नं. १० का 3 जना र वडा नं. ८ का २ जना छन् । बाँसगढीको वडा नं. ९ का ३ जना वडा नं. २ का १ जना र ६ का १ जना रहेका छन् । त्यसैगरी मधुवन नगरपालिकाको वडा नं. २ का २ जना र वडा नं. ५ का २ जना गरी ४ जनामा कोरोना संक्रमण भएको छ । बढैयाताल गाउँपालिकाका थप ३ जनामा संक्रमति देखिएको छ । वडा नं. ७ का २ जना र वडा नं. ६ का १ जना छन् ।
बर्दियामा एकै दिन २८ जनामा कोरोना पुस्टि
48 Views