१२ माघ २०८०, शुक्रबार

ताजा खबर

सवारी दुर्घटनाको विषय लिएर बर्दियाको राजापुरमा स्थानिय द्वारा आगजनी

   २६ जेष्ठ २०७७, सोमबार १३:५१ प्रकाशित

बैशाष ३० गते भएको सवारी दुर्घटनाको विषयलाई लिएर बर्दियाका राजापुर नगरपालिका ६ को एक पसलमा स्थनियद्धारा आगजनी गरिएको छ । राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरा स्थित न्यु वर्षा सप्लार्यसमा पिडीत पक्षले न्याय नपाएको भन्दै स्थानियबासीले उक्त पसलका सामानहरू बाहिर निकाली आगजनी गरेका छन । बैशाख ३० गते राती अन्दाजी राति ८ बजेकाे समयमा भे १ च ३४३१ नम्बरको जीप र से ५ च ४३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक राजापुर नगरपालिका वडा नम्बर ६ महादेउलीका ३८ वर्षिय सोमनाथ थारूको घटनास्थलमा ज्यान गएको थियो ।
उक्त दुर्घटनामा ज्यान गुमाएका परिवारले न्याय नपाएको भन्दै स्थानियबासी आक्रोसीत भएका हुन । गाडी चालक वर्षा सप्लायर्सका प्रोप्राइटर हिमाल गौतमलाई पिडितलाई न्याय नदिइकन धरौटीका भरमा २२ दिनमै छाडिएको कारण स्थानिय आक्रोसित भएका छन ।पिडितलाई न्याय दिई अवश्यक क्षतीपुर्ति उपलब्ध गराउन स्थानियका माग रहेकाे छ ।

71 Views
%d bloggers like this: