बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले गाउँपालिका क्षेत्रमा निरन्तर रुपमा खटिने कर्मचारी कोरोना संक्रमण भई मृत्यु भएमा २० लाख उपलव्ध गराउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी गाउँपालिकाले खटाइएका सम्पुर्ण कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुलाई महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुन गएमा गाउँपालिकाले राहत स्वरुप २० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
83 Views