भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परिक्षणमा शुक्रबार बर्दियाको १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
भेरी अस्पतालका अनुसार बढैयाताल गाउँपालिका -१ मा २ जना , बढैयाताल गाउँपालिका- २ मा ६ जना र बढैयाताल गाउँपालिका-७ मा १ जना गरि बढैयाताल गाउँपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरि गुलरिया नगरपालिकामा ४ जना र मधुवन नगरपालिकामा २ जनामा थप संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये केही ब्यक्ति बाहिर समुदायमै बसोबास गर्दै आएको जानकारी प्राप्त भएको छ।
63 Views