निजी सवारी साधनलाई दिएको सबै किसिमको सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ। जोर विजोर प्रणालीलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले पास खारेज गर्ने निर्णय गरेको हो।
मंगलबारदेखि लागू हुने गरी पास खारेज गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार जिल्ला प्रशासनले जारी गरेको पास खारेज गरिएको हो।
गृह मन्त्रालयले अत्यावश्यक सवारीलाई जिल्लाभित्रका सवारी साधनलाई ओहोरदोहोरका लागि पास उपलब्ध गराएको थियो। कोरोना भाइरसको संक्रमण बढेपछि गृह मन्त्रालयले जारी गरेको पास खारेज गरेको हो।
62 Views