१४ माघ २०८०, आईतवार

ताजा खबर

आरडिटी रिपोर्ट नेगेटिभ आएका एक पुरुषको मृत्यु,पिसिआर परीक्षणको रिपोर्ट आउँन बाकी

   ५ असार २०७७, शुक्रबार १२:०१ प्रकाशित

बर्दियाको बारबर्दिया नगरपालिका क्वारेन्टाइनबाट घर गएका एक पुरुषको मृत्यु भएको छ । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाएका करिब ४५ वर्षीय पुरुषको एक्‍कासी सास फेर्न गाह्रो भएपछि उपचारका लागि जिल्ला अस्पताल बर्दिया ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल बर्दियाले जनाएको छ।

मृतक पुरुषको शव बर्दिया अस्पतालको शव गृहमा राखिएको छ। मृतक पुरुषको पिसिआर परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ।परीक्षणको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने जिल्ला अस्पतालले जनाएको छ । काठमाडौंबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका बिहीबार राति एक्‍कासी सास फेर्न गाह्रो  भएको थियो । उनको मृत्युपछि पिसिआर परीक्षणको रिपोर्ट नआउँदासम्म जिल्लाबासी त्रसित बनेका छन।

112 Views
%d bloggers like this: