कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमबार साँझ बाटोमा हिडिरहेको समयमा बघनिया चोकनेर अचानक ढलेर मृत्यु भएको हो । लम्कीचुहा वडा नम्बर ७ बालसेवा मावि चाकावाडीको क्वारेनटाइनमा रहेका उनलाई आइतबार घर फर्कने बेलासम्म कुनै जटिल स्वास्थ्य समस्या नदेखिएको लम्कीचुहा स्वास्थ्य शाखाले जनाएको छ ।
मृतकको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने जनाइएको छ । शव व्यवस्थापनबारे छलफल भइरहेको खबर प्राप्त भएको छ ।
119 Views