१४ माघ २०८०, आईतवार

ताजा खबर

असारे निर्माण कार्यले जनतालाई सास्ती

   १९ असार २०७७, शुक्रबार १२:३१ प्रकाशित

मुलुक नै बन्दा बन्दी (लकडाउन) को अवस्थाबाट गुज्रिइ रहेको बेलामा पनि सडक तथा नाली निर्माण कार्य धमाधम भइरहेको देखिन्छ । बर्षायाम लाग्दा सडक-नाली निमार्ण विकास कार्यको थालनी हुने नेपालमा रोग नै भनौ या परम्परा रहि आएको छ । हरेक बर्ष झै यस् बर्ष पनि असारे निर्माण कार्यले निरन्तरता पाएकोले बर्दियाबासीले सास्ती खेप्नु परिरहेको छ। यसै सन्दर्भमा बर्दिया सदरमुकामको मुख्य चोकमा नै बर्षायाममा सडक बिस्तार कार्यको थालनीले बाटो हिलाम्मे भएका कारण दैनिक कार्यमा कठिनाई परेको स्थानीयको छ। यसैगरि मधुवन गाउँपालिका वडा नं. ५ र ६ को सिमामा बाटोको समस्याको कारण र जनप्रतिधिलाई पटक पटक गुनासो गरेता पनि आवाज नसुनेको भन्दै बाटोमै धान रोपी असार १५ मनाएर सरकार र प्रशासनको व्यङग्य समेत गरेका थिए । त्यस्तै बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नं.८ मा सडक स्तरोन्नतिको शिलशिलामा बर्षामा पानी परेको समयमा काम सुरु गरेको कारणले सडक स्थिति बिजोग भएको र स्थानीयले सास्ती खेप्नुपरेको हो। स्थानीय हरि चौधरीका अनुसार डाईभर्सन अत्यावश्यक भए पनि नबनाउने र अर्को कुनै चल्तिको बाटो डाईभर्सनको रुपमा देखाउने जुन बाटो कच्चि, लामो दुरीको वा सवारीसाधन जानै नसक्ने खालको हुने भएकाले अत्याधिक सास्ती भएको उनले बर्दिया न्युजलाई बताए। यसरी सधै झै सरकारले असारे निर्माणमा निरन्तरता दिने हो भने जनताले सास्ती मात्रै खेप्नुपरेको देखिन्छ ।

97 Views
%d bloggers like this: