हाल समयमा मुलुकभर कोभिड – १९ का कारण लकडाउन चलिरहे पनि बलात्कारका घटना भने बढ्दो देखिन्छ । यसै सन्दर्भमा बर्दियाको बासँगढि नगरपालिकामा६ बर्षिय बालिका सामुहिक बलत्कारमा परेकी छिन। बालिकाको बलात्कारमा संलग्न ३ जना व्यक्ति रहेका र सो ३ जनामध्य केहि भने १८ बर्ष ननाघेको व्यक्तिको पनि संलग्नता रहेको जानकारी प्राप्त भएको छ । बलात्कार पछि पिडित पक्ष आज भन्दा केहि दिन अगाडि निवेदन लिएर ई .प्र.का कार्यलय, बाँसगढि पुगेका थिए । निवेदन लिएर गएका पिडित पक्षसगँ थप कानुनी कारबाही गर्न प्रहरीले जाहिरी मागेको र पछी पिडित पक्षले जाहेरी दिन भने अलमल गरिएको उल्लेख गरिएको छ । यसपछि भने पिडित पक्ष र पिडक पक्ष मिलिजुलि साझेदारी गर्ने निर्णय गरी थप कानुनी कारवाही अगाडि नसार्ने निष्कर्षका कारण यो घटना गाउँ घरमै मिलाउन खोजेको एक स्थानीयले जानकारी गराएका छ्न। उक्त घटना सामाजिक सञ्जालहरूमा बाहिरिएपछि आज घटनाको जाहिरी दर्ता भएको छ भने प्रहरीका अनुसार थप कानुनी कार्वाहीका लागि पिडितलाई मेडिकल चेकअपका लागि पठाइने र कानुनी अनुसन्धान र कार्वाही अगाडि बढाउने जानकारी प्राप्त भएको छ ।
बर्दियामा ६ बर्षीय बालिका सामूहिक बलत्कृत,घटना लुकाउने प्रयास
बर्दिया न्युज,
५ श्रावण २०७७, सोमबार २२:१९ प्रकाशित
96 Views