२१ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियामा राप्रपा र राप्रपा संयूक्त बिच समायोजन ः अध्यक्षमा भीम बहादुर बोहरा

   ८ श्रावण २०७७, बिहीबार २१:४३ प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दिया र राष्ट्रिय प्रजातन्त्र पार्टी संयूक्त बर्दिया बिच जिल्ला समयोजन भएको छ । दुवै राजनितिक पार्टीका अध्यक्षको सहमति तथा केन्द्रिय सचिवालयको परिपत्रको आसाय बमोजिम संमायोजन प्रक्रिया सम्पन्न भएको हो । विहिबार गुलरियामा भएको दुवै पार्टीको संमायोजन प्रक्रियाबाट एकीकृत राप्रपाको गत जिल्ला अबिधेशनबाट निर्वाचित भीम बहादुर बोहरालाई हालको राप्रपा बर्दियाको अध्यक्ष बनाइएको छ । राप्रपा र राप्रपा संयूक्तको केन्द्रिय स्तरमा एकिकरण भै सकेको र ७७ वटै जिल्लामा एकीकरण समायोजन प्रकृया चलिरहेको सन्दर्भमा बर्दियामा पनि दुवै पार्टी बीच समायोजन प्रकृया सम्पन्न गरिएको हो । कोरोना भाइरस कोभिड १९ महामारीको जोखीम तथा वर्षायामको प्रभावका कारणले पनि पार्टी कार्यकर्ता तथा पदाधिकारीलाई जम्मा गरि भब्य कार्यक्रम गर्न समास्या भएको पार्टीले जनाएको छ ।
दुवै कार्य समितीका अन्य पदाधिकारी सदस्यहरु जे जुन अवस्थामा पदिय जिम्मेवारीमा थिए सोही बमोजिम यथावत राख्ने निर्णय गरि संमायोजन गरिएको राप्रपा बर्दियाका अध्यक्ष भिम बहादुर बेहाराले जानकारी दिनु भयो । तत्कालिन राप्रपा बर्दियाका अध्यक्ष बासुदेव शर्मालाई उच्च मुल्याङ्कन गरि केन्द्रिय समितीमा मनोनयनका लागी अनुरोध गर्ने समेत निर्णय गरिएको छ । संमायोजन प्रकृया कार्यक्रममा केन्द्रिय सदस्य मेघनाथ अधिकारी, सुर्यबहादुर सिंह, केन्द्रिय पशिक्षक लिलाधर अधिकारी लगायतको उपस्थिती रहेको थियो । प्रजातान्त्रिक धारका यी दुवै पाटीबीचको टुटफुटले कार्यकर्तामा अन्यौल सिर्जना गरेको थियो । जस्का कारण जिल्ला स्तरका नेता कार्यकर्तामा पार्टीप्रतिको असन्तुष्टि पनि बढ्रदै गइरहेको थियो । राप्रपा र राप्रपा संयुक्तको संमायोजनले कार्यकर्तामा उत्साह थपेको अध्यक्ष बोहराको भनाई छ ।

67 Views
%d bloggers like this: