१४ माघ २०८०, आईतवार

ताजा खबर

कोरोनाबाट जोगिन सुरक्षा मापदण्ड अपनाउन र तटिय क्षेत्रमा वर्षामा पानीको स्तर वढ्ना साथ सतर्क हुन बर्दिया प्रशासनको आग्रह

   १३ श्रावण २०७७, मंगलवार २२:४७ प्रकाशित

हाल लकडाउन खुलि सकेता पनि कोरोना भाईरस कोभिड १९ संक्रमणको जोखिम रहेकाले विभिन्न सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकोले अति आवश्यक काम बाहेक घर वाहिर ननिस्कने र बाहिर निस्कनै परे कम्तिमा २ मिटकको दुरीमा रहि सम्पर्क कायम गर्न जिल्ला विपद व्यवस्थापन समिति वर्दियाले अनुरोध गरेको हो । मुख छोप्न नियमित रुपमा अनिवार्य मास्कको प्रयोग गर्ने, नियमित सावुन पानीले मिचिमिचि हात धुने र व्यक्तिगत सरसफाइमा ध्यान दिने, नियमित सेनिटाइजरको प्रयोग गर्ने तथा खोक्दा आक्ष्यौ गर्दा मुख छोप्ने कार्य गर्न बर्दिया प्रशासनले आग्रह गरेको छ । विदेश तथा भारतवाट आउनु भएको भए वडा कार्यालयमा सम्पर्क गरि क्वारेन्टाइनमा बस्ने यदि कोही त्यस्तो भेटिए क्वारेन्टाइनमा वस्न भन्ने वा नजिकको, स्वास्थ्यकर्मी प्रहरी, रेडक्रसकर्मीवा जनप्रतिनिधिलाइ खवर गर्न जिल्ला विपद व्यवस्थापन समिति वर्दियाका रुपन ज्ञवलीले जानकारी गराउनु भयो ।
कार्यालयमा तथा व्यापार व्यवसाय गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने, भिडभाड नगर्ने कोही कसैले लापरवाहि गरि स्वास्थ्य मापदन्ड नअपनाएको पाइए सक्रमण रोग ऐन २०२० अनुसार कार्वाही गरिने समेत जनाइएको छ । साथ साथै हाल मनसुन समेत सकृय रहेकोले त्यसैले भारी वर्षा भएको समय नदिको वहाव आउने तल्लो तटिय क्षेत्रमा, वर्षा तथा पानीको स्तर वढ्नासाथ सर्तक भई सुरक्षित उच्च स्थानमा गएर वस्ने र आफ्नो वरपरका समुदायलाई समेत सुरक्षित स्थानमा जान अनुरोध गर्ने जनाएको छ । भारी वर्षा हुँदा, नदिको वहाव वढी हुँदा नदिमा काठदाउरा छोप्न तथा नुहाउन जाने जस्ता कार्य नगर्ने र नगराउन पनि जिल्ला विपद व्यवस्थापन समिति वर्दियाले आग्रह गरेको ज्ञवलीले बताउनु भयो ।

74 Views
%d bloggers like this: