१ फाल्गुन २०८०, मंगलवार

ताजा खबर

गन्दर्व बस्तीमा दलित महिला संघको राहतः सरकारले रोजगारीको सिर्जना गर्नुपर्ने गन्दर्वको माग

   १६ श्रावण २०७७, शुक्रबार १२:२६ प्रकाशित

बर्दिया, साउन १६, सबैका घर आंगनमा गई सारङ्गीको धुनमा गीत गाएर आनन्द प्रदान गरि दिनकाट्ने गन्दर्वहरुको बस्तीमा राहत पु्गेको छ । सरकारबाट पनि आफुलाई वेवास्ता गरेको महसुश गर्दै गन्दर्वहरु यति बेला कसैको आंगनमा गएर न त केही माग्न न त आफनो सारङ्गीको धुन मार्फत केही कमाउन नै । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगीन सरकारले लकडाउन गरेपछि उनिहरुको अवस्था झन पीडादायी बन्दै गयो । पछिल्लो समय लकडाउन नभएपनि अरुको घर आंगनमा गई सहजै कार्यगर्न सक्ने अवस्था भने छैन । उनिहरुको दैनिकी कष्टकर बन्दै गएको उनिहरुको गुनासो छ । यस्तो परिस्थितीमा गन्दर्व बस्तीमा एक संस्थाले राहत पु¥याएको छ । दलित महिला संघ बर्दियाले सो बस्तीमा खाद्यय सामाग्री प्रदान गरि सहयोग गरेको छ । बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर ४ मा रहेको गन्दर्व बस्तीमा राहत वितरण गरिएको हो । अति सिमान्तकृतिको रुपमा रहेका गन्दर्वहरुको अवस्था र व्यवस्थालाई मध्यनजर गरि राहत वितरण गरिएको संघकी अध्यक्ष हिमा सुनारले बताउनु भयो । बढैयाताल गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कर्ण बहादुर थापाको रहोवरमा उक्त संस्थाले प्रति घरपरिवार ३० किलो चामल, ३ किलो दाल, डेढ लिटर खाने तेल, साबुन लगायतका समाग्री गन्दर्व बस्तीमा दिएको संस्थाले जनाएको छ । वडा अध्यक्ष थापाका अनुसार गन्दर्व बस्तिमा करिब ७० घरधुरी गन्दर्वहरुको बसोाबास छ । स्थानिय सरकारले लकडाउनको सुरुवातमै केही राहत दिए पनि पछिल्लो समय दैनिक खर्च चलाउन असहज भएको स्थानिय गन्दर्भहरुको भनाई छ । सरकार बाट पनि गन्दर्व समुदायको उत्थान तथा हरेक स्थानमा आफुहरुको पहुँच पु¥याउनका लागी सरकारको तर्फ बाट हाल सम्म दिर्घकालिन योजना आउन नसकेको उनिहरुको गुनासो छ । स्थानिय सरकार गाँउगाँउमा आएका भएपनि गन्दर्वहरुमा रहेको शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रमा सहयोग गर्न नसकेको उनिहरुले गुनासो गर्दै आएका छन । गन्दर्वहरुको समास्यालाई समाधान गर्न दिर्घकालिन योजनाका रुपमा रोजगारीको सिर्जना गरि शिक्षा, स्वास्थ्य क्षेत्रमा विशेष व्यवस्था गर्नु पर्ने स्थानिय बीरबहादुर गन्दर्वको माग रहेकाे छ ।

93 Views
%d bloggers like this: