१० माघ २०८०, बुधबार

ताजा खबर

बांकेमा ४९ जनामा कोरोना पुष्टि निषेधाज्ञा मंगलबारसम्म जारी रहने

   २३ श्रावण २०७७, शुक्रबार २२:१५ प्रकाशित

नेपालगञ्जको भेरी अस्पतालमा गरिएक परिक्षणमा पछिल्लो २४ घन्टामा नेपालगञ्ज ४९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

भेरी अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा बांकेको  नेपालगञ्ज क्षेत्रका मात्र ४९ जना कोरोना संक्रमण पुष्टि भएको हो। भने बर्दिया र रुकुमबाट आएको नमुनाहरुमा १/१ जना कोरोना संक्रमण भएको पाइएको छ ।

भेरी अस्पतालमा हालसम्म १३ हजार ६ सय ८ जनाको पिसिआर बिधिद्धारा कोरोना परिक्षण गरिएकोमा बांकेमा ५ सय ४७ जना पोजेटिभ भएको भएकोमा ३ सय ९४ जना सन्चो भइ डिस्चार्ज भइसकेको अस्पताल सुत्रले जनाएको छ।

त्यसैगरि शुक्रबार बसेको बैंककले बांकेमा आगामी मंगलबारसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिनु भएको छ ।

119 Views
%d bloggers like this: