बर्दियामा १० दिनमा १ हजार ९ सय ६७ जनाको स्वाँब संकलन गरिएको छ । जस मध्ये १ हजार ४ सय २० जनाको परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । साउन २२ गते पछिको १० दिनको अवधिमा १ हजार ९ सय ६७ जनाको स्वाँब संकलन गरि परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये अझै ५ सय ४६ जनको रिपोर्ट आउन बाँकी रहेको स्वस्थ्य कार्यलय बर्दियाका प्रमख गोकर्ण गीरीले जानकारी दिनु भयो । बर्दिया जिल्लाका ८ ओटै स्थानिय तहमा संक्रमण पुष्टी भइसकेको छ । हाल सम्म जिल्लाका २ सय ९२ (अन्यत्र परिक्षण भएका समेत ) जनामा कोरोना संक्रमण पुष्टि भएको गीरीले बताउनु भयो । आइतबार सम्म स्वास्थ्य कार्यलय बर्दियाका अनुसार ७ हजार ६ सय ६८ जनाको पिसिआर प्रविधी मार्फत परिक्षण गरिएको छ । संक्रमित देखिएका मध्ये अहिले सम्म २ सय ४६ जना कोरोनालाई जित्न सफल भएका छन । भने ४६ जना विभिन्न स्थानका आइसोलेसनमा रहेका छन ।
बर्दिया कोरोना अपडेट ः १० दिनमा १९ सय बढीको परिक्षण, २४ जनामा संक्रमण पुष्टि
बर्दिया न्युज,
१ भाद्र २०७७, सोमबार ०७:४० प्रकाशित