५ माघ २०८०, शुक्रबार

ताजा खबर

गुलरियामा ४ जना सहित बर्दियामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

   १८ भाद्र २०७७, बिहीबार २३:१४ प्रकाशित

बर्दियाको सदरमुकाम गुलरियामा ४ जना सहित बर्दियामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बिहिबार जिल्लाको गुलरियामा ४, मधुवनमा ३ र बाँसगढीका एकजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाको गुलरिया नगरपालिका वडानम्वर ५ र ६ का २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बिहिबार मधुवन नगरपालिका वडा नम्वर ३, ५ र ७ का एक/एकजनामा र बाँसगढी ३ का एकजनामा संक्रमण पुष्टि भएको हो ।

114 Views
%d bloggers like this: