५ माघ २०८०, शुक्रबार

ताजा खबर

सिमामा सशस्त्र प्रहरीको सक्रियता बर्दियामा धमाधम लाखौंको अवैध सामान नियन्त्रणमा

   २५ भाद्र २०७७, बिहीबार २१:१० प्रकाशित

बर्दियामा चोरी निकासी तथा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सशक्त ढंगले अगाडि बढेको देखिएको छ । सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतको नेतृत्वमा रहेको सशस्त्र प्रहरी बल नेपाल न ३१ गण बर्दियाबाट खटिएको गस्ती टोलीले दिनहुँ जसो माल समान बरामद गर्न थालेको हो । कोरोना महामारीका समयमा नेपाल भारत सीमा क्षेत्रमा २४ सै घण्टा गस्ती गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्रयाउँदै गर्दाका काठ, मोबाइल , प्लास्टिकका समान, सुर्ती, चुरोट बरामद गरी भन्सार दाखिला गरेको छ । सशस्त्र प्रहरीले भाद्र विहिबार २ लाख ३ हजार ५ सय ९७ मूल्य बराबरका सामान बरामद गरी छोटी भन्सार कार्यालय र ईलाका बन कार्यालय राजापुरमा बुझाएको छ । प्रहरीले धनौरा बाट ८६ हजार मूल्य बराबरको मोबाइल सेट , २ थान साइकल सहित १७ हजार मूल्य बराबरको १० डण्डा चुरोट र ३ हजार मूल्य बराबरको २० के जि पोलिथिन प्लास्टिक बरामद गरी भन्सार बुझाएको वि ओं पि राजापुर बाट खटिएको टोलिले राजापुर बाट ५७ हजार ३ सय ७० मूल्य बराबरका ५७.३९ क्यू फिट सिसौ र खयर बरामद गरी ईलाका वन कार्यालय राजापुरमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल न ३१ गण बर्दियाले जानकारी गराएको छ । सोही स्थानमा ४० हजार २सय ३६ मूल्य बराबरका ७६.४८ क्यू फिट सिसौ खयर बरामद गरी ईलाका वन कार्यालय राजापुरमा बुझाएको छ।

132 Views
%d bloggers like this: