५ माघ २०८०, शुक्रबार

ताजा खबर

वडा कार्यालयमा सेवाग्राहीका लागी पानी ट्याङ्की

   ६ आश्विन २०७७, मंगलवार ०७:५९ प्रकाशित

गुलरिया नगरपालिका वडा नम्बर ६ को कार्यालयमा सेवाग्राहीका लागी पानी ट्याङ्कीको व्यवस्था मिलाइएको छ । कोरोना महामारीको प्रभाव बढ्दै गए पछि स्थानिय प्रशासन तथा स्थानिय सरकारले नागरिकलाई थप सचेत रहन आग्रह गर्दै आएका छन । बर्दियामा पनि संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । जिल्लामा निषेधाज्ञा खुकुलो भए पश्चात सरकारी कार्यलयहरु सुचारु हुने क्रम बढे पछि नागरिकहरुमा कोरोना संक्रमण थप फैलिने होकी भनि थप सचेत हुनुपर्ने गुलरिया नगरपालिका वडा नम्बरका वडा अध्यक्ष निरज शर्माले बताए  । परिस्थिीतीलाई मध्य नजरगर्दै वडा नम्बर ६ मा आउने सेवाग्राहीका लागी पानी ट्याङ्कीको व्यवस्था गरिएको छ ।
वडा कार्यालयले प्रवाह गर्ने सेवाका लागी नागरिकलाई थप सचेत बनाई कोरोनाको संक्रमण नियन्त्रणका लागी पानी ट्याङ्कीको व्यवस्था गरिएको हो । अब देखी वडा कार्यालयमा सेवाग्राही सेवालिन जाँदा सर्वप्रथम कार्यलय अगाडी राखिएको पानी ट्याङ्कीको तल्लो भागमा खुट्टाले थिचे पछि आउने साबुन पानीले हात धोइ कार्यलयमा प्रवेश गर्ने वाताबरण मिलाइएको वडा अध्यक्ष शर्माले बताए । सोमबार एक कार्यक्रमको अयोजना गरि वडा कार्यलयमा आउने सवै सेवाग्राहीका लागी थप सजकता अपनाउँदै उक्त पानी ट्याङ्की राखिएको शर्माले बताए  ।

108 Views
%d bloggers like this: