सोमबार बर्दियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । गुलरिया नगरपालिकामा १७ जना,बाँसगढी नगरपालिकामा ५ जना र राजापुर नगरपालिकामा १ जनामा गरी २३ जनामा पुष्टि भएको हो । हालसम्म बर्दियामा ११ हजार ४ सय ९४ जनाको पिसिआर गरिएको छ । बर्दियामा २३ जना थपिएसंगै बर्दियामा कोरोना संक्रमणको संख्या ६ सय ६९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार जम्मा संक्रमित मध्ये ४ सय ७८ जना निको भएर घर फर्किसकेका छन् । १ सय ५४ जनाको आइसोलेशनमा उपचार भइरहेको छ भने बर्दियामा हालसम्म ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दिया जिल्लामा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएकोले असोज १३ गते देखि लागु हुने गरी पसल १० बजे देखि ५ बजे सम्म संचालन गर्न पाउने र निजी तथा सार्वजनिक सवारी साधन अंकको आधारमा जोर बिजोर संचालन गर्न जिल्ला संकट व्यवस्थापन समिती बर्दियाले निर्णय गरेको छ ।
बर्दियामा सोमबार २३ जना थपिएसंगै कोरोना संक्रमितको संख्या ६६९ पुग्यो
बर्दिया न्युज,
१३ आश्विन २०७७, मंगलवार ०७:२६ प्रकाशित