बर्दियामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा ७९ जना र बागेश्वरी प्रयोगशाला नेपालगंजमा गरिएको परिक्षणमा १ जना गरि बर्दियाका थप ८० जनामा संक्रमण पुष्टि भएको हो । शनिबार साँझा ७ बजे आएको परिक्षण रिपोर्ट अनुसार बर्दियाको गुलरियामा थप ५ जना, मधुवन नगरपालिकामा ५० जना, बारबर्दिया नगरपालिकामा २२ जना, राजापुर नगरपालिकामा १ जना र बढैयाताल गाँउपालिकामा १ जना गरि ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गीरीले जानकारी दिनु भयो ।
बर्दियामा शनिबार ८० जना संक्रमित थपिए संगै जिल्लामा कोरोना सक्रमितको कुल सख्या ८०३ पुगेको छ । संक्रमित मध्ये ६ सय जना कोरोना संक्रमण मुक्त भई घर फर्कि सकेका छन् । बर्दिया जिल्लामा कोरोना संक्रमित बढ्दै गइरहेकोले सजकता अपनाउँदै हेलचक्राई नगर्न स्वास्थ्य कार्यलय बर्दियाले आग्रह गरेको छ । नागरिकलाई कोरोना संक्रमणबाट जोगीन जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न समेत स्वास्थ्य कार्यलयले आग्रह गरेको छ ।