५ माघ २०८०, शुक्रबार

ताजा खबर

तालिम छनौट सम्बन्धि परामर्श बैठक सम्पन्न

   २१ मंसिर २०७७, आईतवार १४:३४ प्रकाशित

यूसेप नेपाल र वल्डभिजन एडभोकेशी (ध्ख्ब्ँ)को संयुक्त आयोजनामा तालिम छनौट सम्बन्धि जिल्ला स्तरिय परामर्श बैठक गुलरियामा सम्पन्न भएको छ ।

बर्दिया जिल्लाको गुलरिया, बारबर्दिया र बाँसगढी नगरपालिका क्षेत्रमा संचालन गरिने साझेदारी र मागमा आधारित सिप विकास तालिम ६ प्रकारका रहेका छन । सो तालिमहरुमा इलेक्ट्रिसियन, पलम्बर, डकर्मी, पेन्टर र सटर बनाउने तालिम २÷२ वटा र एक्जाभेटर, बार बेन्डर १÷१ वटा रहेका छन्, भने ती तालिमहरुबाट लाभान्वित हुने प्रशिक्षार्थी संख्या एक्जाभेटर, बार बेन्डरमा २०÷२० जना र अन्य तालिमहरुमा ४० जनाका दरले सहभागि रहने कुरा यूसेप नेपालका जिल्ला प्रतिनिधी तथा कार्यक्रम संचालक रमेश चौधरीले बताए ।

संयोजक चौधरीका अनुसार उपरोक्त तालिमहरुमा सहभागि हुनका लागि संस्थाद्धारा सुचना जारी गरी प्राप्त निवेदनका आधारमा सहभागिहरु छनौट गरिने छन् ।

ती तालिमहरु मध्ये ६ महिने एक्जाभेटर तालिम काठमाण्डौमा संचालन हुने छ । अन्य ३ महिने तालिमहरु बर्दियाका स्थानीय नगरपालिकाहरुमा संचालन हुने छन ।

परामर्श बैठकले गुलरिया नगरपालिकामा इलेक्ट्रिसियन र डकर्मी तथा बारबर्दिया नगरपालिकामा इलेक्ट्रिसियन र सटर बनाउने तालिम छनौट गरिएको छ । त्यसै गरी बाँसगढी नगरपालिकाको हकमा सो पालिका सँग समन्वय गरी २ वटा तालिम संचालन गर्ने निर्णय गरिएको छ ।

उक्त परामर्श बैठकमा गुलरिया र बारबर्दिया नगरपालिका प्रतिनिधी लगायत विभिन्न सरोकारवाला संस्थाहरुको सहभागिता रहेको थियो ।

133 Views
%d bloggers like this: