५ माघ २०८०, शुक्रबार

ताजा खबर

बलियो पुर्बाधार निर्माणका लागि बबईमा डकर्मीलाई तालिम

   १६ पुष २०७७, बिहीबार १५:५२ प्रकाशित

गुणस्तरिय भौतिक पुर्बाधार निर्माण गर्न बबई गाउँपालिकामा रहेका डकर्मीलाई सात दिने तालिम दिन सुरु गरिएको छ । बबई गाउँपालिकाको पुर्बाधार बिकास शाखाको आयोजनामा तालिम सुरु भएको हो ।

परम्परागत रुपमा निर्माणका काममा संलग्न रहेका डकर्मीहरुलाई तालिम दिन सुरु गरेको ईञ्जीनियर राजेश देबकोटाले जानकारी दिनुभएको छ । तालिम मार्फत् घर तथा अन्य बिकास निर्माणका काममा सहयोग पुग्ने देबकोटाले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भुकम्प प्रबिधी चौतिक पुर्बाधार निर्माण गर्ने गरी दक्ष डकर्मी उत्पादन गर्न आग्रह गर्नुभयो । काम चलाउनका लागि घर तथा बिकासका अन्य क्षेत्रलाई लिइएको बताउँदै अध्यक्ष पौडेलले यस्ता कार्यको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सहरी क्षेत्रका रुपमा हापुरे क्षेत्रको बिकास हुन लागेको भन्दै डकर्मीलाई दिन लागिएको तालिम फलदायी हुने अपेक्षा गर्नुभयो । यस्तै कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्माले आयोजकको लक्ष्य अनुसार डकर्मी तालिम लिन सहभागीलाई आग्रह गर्नुभयो ।

पालिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भुकम्प प्रबिधी समाजका तर्फबाट ईञ्जीनियर रबिन्द्र बोहराले स्वागत गर्नुभएको थियो भने सहजीकरण ईञ्जीनियर राजेश देबकोटाले गर्नुभएको थियो ।

सात दिनसम्म चल्ने तालिममा भवन निर्माण गर्ने समयमा ध्यान पु¥याउनुपर्ने बिषय, निर्माणको कार्यलाई ब्यबस्थित गर्ने बिषय, गुणस्तरको मापन जस्ता बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिममा २६ जनाको सहभागीता रहेको छ ।

131 Views
%d bloggers like this: