५ माघ २०८०, शुक्रबार

ताजा खबर

कोरोनाका कारण पत्रकार शाहीको मृत्यु

   १ जेष्ठ २०७८, शनिबार १४:३५ प्रकाशित

कोरोनाका कारण नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेका साधारण सदस्य समेत रहेका रईस शाहीको मृत्यु भएको छ ।
लामो समयदेखि संचार संस्थामा आवद्ध रहनु भएका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहनु भएका शाहीको ७ वर्षीया छोरी र ४ वर्षको एक छोरा रहेको पत्रकार महासंघ बाँकेले जनाएको छ।

84 Views
%d bloggers like this: