३ आश्विन २०७८, आईतवार

ताजा खबर

सवारी दुर्घटना गराई फरार व्यक्ती जिल्ला प्रहरी कार्यालय बर्दियाद्वारा पक्राउ

   ३० जेष्ठ २०७८, आईतवार १९:२८ प्रकाशित

बाँसगढी नगरपालिका वडा नं.०८ बेलौरी बस्ने प्रेमी थारुलाई अज्ञात ब्याक्तीले ठक्कर दिई भएको दुर्घटनामा सख्त घाईते भएकी प्रेमी थारुको उपचारका क्रममा यहि जेठ २६ गते मृत्यु भएको थियो। घटना पश्चात ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाका प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको कमाण्डमा अनुसन्धान टोली बनाई अनुसन्धान कार्य गर्दै जाँदा ठक्कर दिने सवारी साधन जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं.०८ ककौरा बस्ने बर्ष ३६ को रामभरोसे थारुले चलाएको भे ३ प १२५४ नम्बरको मोटरसाईकल रहेको खुल्न आएको र रामभरोसे थारुलाई जेठ २९ गते पक्राउ गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभएको छ।

54 Views
%d bloggers like this: