१४ माघ २०८०, आईतवार

ताजा खबर

भारतीय डाँकाहरुले नेपालमा डकैती गर्दै

   १ फाल्गुन २०७८, आईतवार १२:५२ प्रकाशित

गुलरिया, बाँके र बर्दियामा अहिले नेपाल–भारतका सिमा नाका नजिकै घर भएका भारतीय डाँकाहरुले डकैती गरिरहेको कुरा बाहिरिएको छ ।

गत पौष २९ गते बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ बस्ने पर्शुराम सार्कीको घरबाट राति पेस्तोल देखाई ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटेको यसै गरी गत माघ १७ गते खजुरा डि गाउँ बस्ने हरी प्रकास बि.क.को घरबाट पनि सोही तरिका अपनाई नगद ५० हजार, सुन ३.५ तोला र २२० सि.सी.को पल्सर मोटरसाईकल लुटेको अभियोगमा बाँके प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको छ ।

बाँके प्रहरीले माघ २९ गते जानकी गाउँपालिका वडा नं. ५ बुढियागाउँबाट १ थान कटुवा पेस्तोल सहित भारत रुपैडिहाको निबिया घर बताउने बर्ष २६ को डब्लु मनिहार र बाबागंजको बाबाकुटी घर बताउने बर्ष २८ को निजामुद्दिन कवडियालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
–स्रोत सामाजिक संजाल सुशासन बर्दिया

182 Views
%d bloggers like this: