७ माघ २०८०, आईतवार

ताजा खबर

वडामै आधारभुत स्वास्थ्य सेवा

   १५ श्रावण २०७६, बुधबार १९:०६ प्रकाशित
कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपमेयर सुशिला गिरी ।

विष्णु अधिकारी
बर्दिया । गुलरिया नगरपालिका वडा नम्वर ७ का स्थानीयले पनि वडा बाटै आधारभुत स्वास्थ्य सेवा लिन पाउने भएका छन् । वडामै आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि वडावासीले आधारभूत स्वास्थ्य सेवा पाउने भएका हुन् ।
७ सय ५३ स्थानीय तहहरुमा स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याउने सरकारको निति अनुरुप गुलरिया नगरपालिकाका वडाहरुले आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याउने तयारी गरेका छन् । वडा नम्वर ६ ले पनि सेवा केन्द्र स्थापना गरेको छ ।
गुलरिया नगरपालिका उपप्रमुख शुसिला गिरिले आधारभुत स्वास्थ्य सेवा केन्द्रको विधिवत रुपमा उदघाटन गर्दै अबको दिनमा नगरपालिकाको सम्पूर्ण वडाहरुमा गुणस्तरिय आधारभुत स्वास्थ्य सेवा पुरयाउन गुलरिया नगरपालिकाले प्रयास गरी रहेको बताइन । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उप प्रमुख गिरिले वडावासीहरुलाई घरआगन बाटै स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरिन् । स्वास्थ्य सेवा केन्द्रलाई आफ्नो तर्फबाट पनि सक्दो सहयोग गरी सफल बनाउन वडावासीलाई उनको आग्रह छ ।
यसैगरी वडा नं. ७ की वडाध्यक्ष गिता बस्नेतले मधेशी समुदायका मानिसहरु स्वास्थ्य सेवा केन्द्रमा गई सेवा लिन अप्ठ्यारो मान्ने भएको हँुदा वडा मै स्वास्थ्य सेवाको पहुँचमा आउन आग्रह गरेकी छिन । अध्यक्ष बस्नेतले स्वास्थ्य केन्द्र भवनका लागी वडाले जग्गा खरिद गरिसकेकाले चाडै भवन निर्माण शुरु हुने बताइन । वडावासीका लागी वडा कार्यालयको पहलमा एम्बुलेन्स समेत छिट्टै व्यवस्था गर्ने प्रतिवद्धता बस्नेतले ब्यक्त गरिन् ।
आधारभुत स्वास्थ्य सेवा केन्द्रमा गर्भवती जाचँ, सुत्केरी जाच, बाल स्वास्थ्य सेवा, सामान्य रुघाखोकी, ज्वरो, झाडापखाला लगाएतका स्वास्थ्य सेवा प्रदान गरिने गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए ।

82 Views
%d bloggers like this: