७ माघ २०८०, आईतवार

ताजा खबर

घोडा खच्चडको स्वास्थ्य परिक्षण

   २५ श्रावण २०७६, शनिबार १७:५५ प्रकाशित

संजय आचार्य
गुलरिया, बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा घोडा खच्चरलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । एक दिने स्वास्थ्य शिविरको आयोजना गरि करिब एक सय पचास संख्यामा घोडा खच्चरहरुलाई चेकजाँच गरिएको हो । पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको अयोजना तथा पशु सेवा शाखा, जिल्ला पशु विज्ञ केन्द्रको समन्वयमा उक्त स्वास्थ्य शिविर गरिएको छ ।
अन्य जनावर पाल्ने किसान तथा व्यवसायीलाई दिने सेवा सुविधा सरह आफूहरुलाई पनि सुविधा दिनु पर्ने अवश्यकता रहेको घोडा खच्चर पालकहरुले बताएका छन । बर्दिया जिल्लामा यो शिविर पहिलो पटक भएको हो ।
गुलरिया नगरपालिका वडा नम्बर ८ का एक घोडा खच्चर पालक किसान सरिफ कसगरले आफुहरुको पुख्र्याउली पेश भएको यसैबाट दैनिक गुजाराको सहारा बनेको बताए । उनले घोडा खच्चरहरु पालेर किनबेच गरीे परिवारिक खर्च चलाउँदै आएको बताए । यसरी स्वास्थ्य शिविर गाँउमा आँउदा आफुलाई खुशी लागेको उनको भनाई छ । उनले घोडा खच्चरलाई यस्तो स्वास्थ्य शिविर कम्तिमा मासिक रुपमै गर्नु पर्ने अवश्यकता रहेको बताए ।
नेपाल सरकारले घोडा खच्चर व्यवसायीलाई प्रोत्साहन गरेको पाईदैन । घोडा खच्चर व्यवसाय गर्नेहरुपनि छन भन्ने कुरा सरकारलाई खोजीको विषय नभएको भन्दै उक्त शिविरको अयोजना गरेको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका पशु कल्याण सहजकर्ता मंगल थारुले बताए । शिविरमा गहिरो घाउचोट, तथा अन्य समस्याहरुको उपचार गर्दै निःशुल्क औषधि बितरण गरीएको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा नेपालगञ्जका संयोजक भेषराज बास्तोलाले बताए ।
ब्यवशायीलाइ घोडा खच्चरको बारेमा बिभिन्न जानकारी दिनुका साथै बिभिन्न किसीमका पुस्तक समेत बितरण गरेको बास्तोलाले बताए । औपचारिक रुपमा निशुल्क स्वास्स्थ्य शिविर गरिए पनि बर्दिया जिल्लामा अनौपचारिक रुपमा धेरै शिविरहरु संचालन गरिएको छ । नेपालका करिब १८ वटा जिल्लाहरुमा यस्तो कार्यक्रम परियोजना मार्फत संचालन भइरहेको उनले जानकारी दिए ।

86 Views
%d bloggers like this: