७ माघ २०८०, आईतवार

ताजा खबर

बाढीपुर्व तयारीको घटना अभ्यास

   १४ भाद्र २०७६, शनिबार १३:५४ प्रकाशित

 

बर्दियान्युज । समुदायको विपद पुर्वतयारी तथा प्रतिकार्य कार्यदलको सक्रिय सहभागितामा गुलरिया नगरपालिका वडा नम्वर १२ स्थित सुर्जेगौढीका समुदायलाइ सहयोग पुग्ने गरि बाढीको पुर्व सुचनामा आधारित कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ ।

विश्व खाध्य कार्यक्रमको पूर्वानुमानमा आधारित पुर्वतयारी परियोजना संचालनको साझेदार संस्था नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्लाशाखाले जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र, स्थानिय विपद व्यवस्थापन समिति, स्थानिय आपतकालिन कार्यसंचालन केन्द्र, वडा स्तरिय विपद व्यवस्थापन समिति तथा समुदायको विपद कार्यदलको तहगत सुचना प्रणालीको प्रयोग गर्दै घटना अभ्यास भएको हो ।

विगत २०७१ र २०७४ सालको बाढीको चपेटामा पर्दा ठुलो अर्थिक र मानविय क्षति भोग्दै आएको सुर्जेगौढीका समुदायलाइ लक्षित गरि परियोजनाले मनसुन अगावै देखि बाढीको पुर्वतयारी सम्बन्धमा अभिमुखिकरण गर्दै समुदायका ९७ वटै परिवार लाई पुर्वतयारीको लागी झटपट झोला यस अघि नै वितरण गरि सकेको छ । गुलरिया नगरपालिकाको वडा नं. १२ बाट करिव एक लाखको सहयोगमा तयार गरिएको कन्टेनर फाउन्डेसनमा विश्व खाध्य कार्यक्रमले टेन्ट, ¥याक, लाइफ ज्याकेट जस्ता विपद उद्धारक सामाग्री राखि कन्टेनर समेत उपलव्ध गराएकोछ ।
सो सामाग्रीले सुर्जेगौढी लगायत नदि किनारको बस्तीमा पर्न सक्ने असरलाई कम गर्न प्रयोग गर्न सकिने विश्व खाध्य कार्यक्रमका क्षेत्रिय संयोजक पन्नामान महर्जनले बताए । वडा अध्यक्ष तथा वडा विपद व्यवस्थापन समिति संयोजक राम कुमार थारुले विपद पुर्व तयारीको घटना अभ्यासले साँच्चै नै घटना पर्दा गर्नु पर्ने कार्यको उदाहरण प्रश्तुत गर्नेमा आशावादी रहेको बताए । नगर विपद समितीका सदस्य अजय सिंह ठाकुरले जिल्लाले गर्दै आएको बाढी पुर्व सुचना प्रणालीको भुमिकामा नगरपालिकामा रहेर आफु पनि जोडिन गएकोमा खुसि व्यक्त गरे ।

कृत्रिम घटना अभ्यासमा करिव २ सय हाराहारी सहभागी उपस्थिीति थियो कृत्रिम घटना अभ्यास कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाका सभापति श्री कृष्ण प्रसाद गौतम तथा सदस्यहरु महेशचन्द्र गौतम, विष्णु प्रसाद भट्राई लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

192 Views
%d bloggers like this: