७ माघ २०८०, आईतवार

ताजा खबर

गुलरियामा छठको भब्य तयारी

   १५ कार्तिक २०७६, शुक्रबार १३:२९ प्रकाशित

बर्दियान्यूज । शनिवार तराईमा मनाईने छठ पूजाका लागि बर्दियाको सदरमुकाम गुलरियामा भब्य तयारी गरिएको छ । छठका ब्रतालुहरुलाई अस्ताउँदो—उदाउँदो सूर्यलाई अर्घापण गर्ने जलाशय, जाग्रामका लागि जागरण भजनको ब्यवस्था सहितको तयारी गुलरियामा गरिएको हो ।

गुलरिया नगरपालिका वार्ड नम्वर ७ हस्नापुर कट्टी गाउँ स्थित पुरानो सर्जु नदीमा छठ पूजाको विशेष तयारी गरिएको छठी मैया पूजा समितिका संयोजक मनोज यादवले बताए । उनले भने छठका ब्रतालु तथा भक्तजनहरुलाई मध्यनजर गर्दै जलाशय, केराका वोट, विजुली बत्ती, पिउने पानी, टेण्ट लगायत सरसफाई सहित सुरक्षाको ब्यवस्था हामीले गरेका छौं ।

उनले थपे घाटको सबै तयारी सकिएको छ । शनिवार वेलुकी ७ बजे देखि शुरु गरिने जागरण भजनका लागि भारतको ईलाहाबादबाट प्रसिद्ध भजन गायक राकेश तिवारी र भजन गायिका प्रियंका पाण्डेको टोलीलाई निम्त्याएका छौं । स्थानियको सहयोगमा करिब ३ लाख रुपैयाको लागतमा छठ पूजा घाट तयारीको ब्यवस्थापन गरिएको उनले बताए ।

97 Views
%d bloggers like this: