७ माघ २०८०, आईतवार

ताजा खबर

निकुञ्जमा बाघको आक्रमणमा परी माउतेको मृत्यु

   १९ कार्तिक २०७६, मंगलवार १६:४८ प्रकाशित

बर्दियान्यूज । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र बाघको आक्रमणमा परी हात्तीसारमा कार्यरत कर्मचारी माउतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वार्ड नम्वर ७ मोहनपुर घर भएका ४२ बर्षिय मंगरु थारुकोे पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो ।
निकुञ्ज भित्रको गैंैंडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर हर्ष बहादुर सिंहले बताए । निकुञ्जको हात्ती सहितको टोलीले हल्ला खल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो । लामो समय देखि निकुञ्जमै कार्यरत थारुको घटनाले सम्पूर्ण निकुञ्ज प्रशासन लगायत संरक्षणकर्मी दुःखी बनेका छन् ।

108 Views
%d bloggers like this: