कोरोनाको महामारीले बिश्व नै भयावह भै रहेको अवस्थामा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । नेपालमा हाल सम्म ९९ जनामा कोरोना संक्रमित देखिएका छन। भने लक डाउन चैत्र ११ गते लागू भै जेष्ठ ५ गते सम्मलाई लम्बिएको छ। यसै बिच जिल्ला प्रशासन कार्यालय बर्दियाले लक डाउनलाई प्रभावकारी बनाउन बर्दिया जिल्लाभरी सातामा ३ दिन मात्र अत्यावश्यक पसल बिहान ७ बजे देखि ११ बजे सम्म खोल्ने निर्णय गरेको छ । पसल खोलिने समयमा गुलरिया नगरपालिकाको मुख्य बजारहरुमा व्यापक लकडाउनको उलंघन गरिएको पाईएकोे छ ।
गुलरिया देखि ३५ किलोमिटरको दुरीमा रहेको नेपालगंजमा २३ जना कोरोना संक्रमित देखिदा पनि गुलरिया नगरपालिकाको धेरै जसो स्थानमा सामाजिक दुरी कायम नै नगरी जथाभावी भिडभाड गरि बिक्री बितरण गरिएको एक स्थानीयले बताए । सुरक्षामा खटिएका प्रहरीहरुले बारम्बार सम्झौता पनि ब्यापारी र सेवाग्राहिले अटेर गरेको एक प्रहरीले बताएका छन । यसरी समाजिक दुरी कायम नगरी बिक्री बितरण गर्नाले उच्च जोखिम हुनाले तत्काल सामाजिक दुरी कायम गरि बिक्री बितरण गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।