७ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियामा सामुदायिक क्वारेन्टाइनका नाममा विभेद, प्रमुख जिल्ला अधिकारी बेखवर

   ३० बैशाख २०७७, मंगलवार १६:१० प्रकाशित

दीपक शर्मा

बर्दिया बर्दियामा क्वारेन्टाइनमा वसेका नागरिकमाथि विभेद गर्ने गरेको पाइएको छ ।
बर्दियाका बारबर्दिया नगरपालिका क्षेत्रमा रहेका क्वारेन्टाइनमा वसेका नागरिकहरुमा माथि विभेद गरिएको क्वारेन्टाइनमा वसेकाहरुले बताएका छन ।
बर्दियाको बारबर्दिया नगरपालिकामा ४६ वटा क्वारेन्टाइन स्थल बनाइएको छ । ति ४६ वटा क्वारेन्टाइनमा अहिले १ सए ३७ जना महिला र ९ सए १६ जना पुरुष गरी जम्मा १ हजार ५३ जना वसीरहेका छन । ति सवै मापदन्ड अनुसारका रहेका छैनन ।
बारबर्दिया नगरपालिकामा रहेका ४६ वटा क्वारेन्टाइन मध्ये , ४ वटा क्वारेन्टाइन नगर क्वारेन्टाइन भनेर नामाकरण गरिएको छ ,अन्य ४२ वटा लाई सामुदायिक क्वारेन्टाइन भनेर छुटटयाइएको छ । ४ वटा नगर क्वारेन्टाइनमा नगरपालिकाले विहान वेलुकाको खाना सगै विहान र दिउसो नास्ताको समेत व्यवस्था गरेको छ तर सामुदायिक नामाकरण गरिएको क्वारेन्टाइनमा भने नगरपालिकाले खाना त के नास्ता समेत उपलव्ध गराएको छैन । यसरी नगरपालिकाले विभेद गरेका कारण आफुहरु अचम्ममा परेको क्वारेन्टाइनमा वसेकाहरुको भनाई रहेको छ । घरबाट खाना आएपछि खान पाइन्छ नत्र भोकै वस्नु पर्ने बाध्यता रहेको छ । क्वारेन्टाइन्मा वसेकाहरुको घर बाट खाना लैजादा ३० मिनेट देखि १ घन्टाको साइकिल यात्रा पार गर्नु पर्दछ । यसरी एउटै नगरपालिका भित्रका नागरिकलाई यसरी विभेद गर्नु न्यायोचित देखिदैन ।

नगरपालिकाले सामुदायिक क्वारेन्टाइनका नाममा आफुहरुमाथि विभेद गरेको आरोप लगाएका हुन । नगरक्षेत्रका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष स्थापना गरी नेपालका विभिन्न जिल्लाबाट आएका लाई राखिएको छ । त्यसरी क्वारेन्टाइनमा बसेकाहरुलाई नगरपालिकाले खाना दिदैन उनिहरुलाई आ आफनै घरबाट खाना मगायर खान नगरपालिकाले भनेको छ । त्यस कारण क्वारेन्टाइनमा वसेकाहरुले विहान बेलुकाको खाना घरबाट आएपछि मात्रै खान पाउछन नत्र भोकै वस्नुपर्ने अवस्था रहेको राजु चौधरीले बताउनु भयो ।
एक हजार ५३ जना क्वारेन्टाइनमा वसेका मध्ये नगर क्वारेन्टाइनमा १ सए जनाको हाराहारीमा रहेका थिए ति मध्ये अधिकास अहिले घर फर्किसकेका छन । सामुदायिक क्वारेन्टाइनमा वस्नेको सख्या वढिरेहको छ । नगर क्वारेन्टाइनमा वसेकाहरुलाई विहान नास्ता , त्यसपछि खाना , दिउसो नास्ता र बेलुका खाना खुवाइरहेको आशिष थारुले बताउनु भयो ।

सामुदायिक क्वारेन्टाइनका नाममा क्वारेन्टाइनमा वसेकाहरुलाई विभेद गरेको भन्ने आरोप लागीरहेका बेला नगरपालिका भने सामुदायिक क्वारेन्टाइनको अवधारणाले खर्च कम हुने दावि गर्दै स्थानिय समुदायबाट खर्चको व्यवस्थापन गरेको दावि गरेको छ । सामुदायिक क्वारेन्टाइनले नगरपालिकाको खर्च कम हुने तथा सो को खर्च समुदायले व्यहोर्ने गरी क्वारेन्टाइनको अवधारणा ल्याइएको बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारुले बताउनु भयो ।

बारबर्दिया नगरपालिकाले स्थानिय विपद कोषमा १ करोड भन्दा वढि रकम छुटयाएको छ । साथै विभिन्न दाताहरुबाट नगद तथा खाद्यान्न सामाग्री पनि उपलव्ध भएको छ । तर यसरी क्वारेन्टाइना वसेकाहरुमाथि बिभेद गर्नु न्यायोचित देखिदैन । यता प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यस विषयमा आफुलाई जानकारी नभएको बताउनु भयो ।

69 Views
%d bloggers like this: